Sunday, 31 July 2016

सक्छौ मलाइ माफ गर ल

यो सम्झिने मन छ म बिर्सु कसरी
तिमी नै भनीदेउ हे जाने निष्ठुरी 
अह न त तिमीलाई निष्ठुरी नै भन्ने आट जुटाउन सकिरहेको छु न त मायालु नै भन्ने आधार भेटिरहेको छु तर एउटा कुरा भन्ने प्रष्ट छ तर मन मनै सधै भन्छु विश्वासका साथ अनु मेरी मायालु । सङै थियौ २ वर्ष पत्तै भएन बितेको ।
संयोगले जुरायो हामीलाइ भेटायो हामीलाइ र त्यही संयोगले आज टाढा पनि बनायो यो सबै समयको सामना त गर्नु पर्ने नै थियो यसै बिचमा कति पटक म विश्वासका साथ भन्छु बिर्सिने बहानामा मलाइ सम्झियौ अनि मैले भने भुल्न नसकेर सदैव सम्झिरहे सायद भुल्न खोजिन पनि र खोज्ने छैन पनि यो सम्झिने मन हुदा सम्म ।
आज अब म तीन चरणमा सबै कुरा प्रष्ट तिमीलाइ बताउन चहान्छु सुन्न चाहिँ धैर्य गरेर सुनिदेउ ल plez
एक -"मन पराएको अनि तिम्रो पछि लागेको कुरा "
यो पनि संयोग नै हो म बाजुरा देखि काठमाण्डौ आउन भनी आएर धनगढीमै बसेको NAST ,KMC छोडेर मैले कैलाली मोडेलमै पढ्न आउनु अनि सधै section पनि सङै पर्नु यति सन्योग मिलेर बल्ल हाम्रो भेट भयो । पहिलो दिन introduction गर्दा मलाइ धेरैको नाम याद हुन नसके पनि तिमी लगायत अरु २/३ जनाको नाम पनि याद भयो । यसरी सुरु भएको यात्रा बिस्तारै class मा तिमीलाइ question सोधेरै त कहिल्यै बाटोमा बोलेरै अलि मिल्ने साथी सम्म भइयो केटिहरु सङ खसै नजिक हुन नचाहाने म तिम्रो भने सामिप्यमा म रमाउन चहान्थे सायद त्यसैले पनि होला class मा पनि question सोधिराख्न मन लाग्ने तिमीलाई ??
मेरो घर देखि आउदाका कोरा कल्पनाका प्लानमा समेत प्रेम गरिन्छ जस्तो मलाइ लागेकै थिएन तर सबै कुरा हाम्रो हातमा नहुदो रहेछ म बिस्तारै तिम्रो सामिप्यतामा हराउने थाले त्यो सपना वा कल्पना नै किन नहोस । तर मलाइ भन्ने आट पनि थिएन खै किन मानिस डराउदो रहेछ आफ्नो मनको नजिक भएका मान्छे शीत तिमीले पनि सायद याद गर्यो होला second year त हामी class मा खासै बोल्दै बोलेनौ जति बोल्यौ यहि facebook phone मा बोलियो कारण यो थिएन कि बोल्नै मन नभएर होइन यो थियो कि तिम्रो आखामा आखा जुधाएर मलाइ बोल्न आट कस्ले देओस त्यति खेर । त्यसैले म बोल्न सकिन आज सम्झिदै छु ती सबै एक एक पल याद छ्न मलाइ ।
आज फेरि पनि तिमी सोध्छौ भने मलाइ किन माया गर्यौ ? किन मन परायौ ? मलाइ जवाफ देउ म तयार छु अनु
म सधै तिम्रो simplicity को fan नै हो मलाइ केही कुराले मन छुनमा पहिलो हुन्छ बोली अनि रुप त पछि हो ध्यान जाने नै । म सदैव गाउको प्रतिविम्बहरु खोज्दै हिड्थे जो तिमी भित्र पनि छुपेर बसेको रहेछ अनि तिम्रो मुस्कुराइ रहने बानी सायद यति भएपछी मलाइ मन भित्र सजाउने आट आयो । म पनि तिमी जस्तै सोच्थे अझै पनि सोच्छु कि जीवनमा विवाह जो सङ हुन्छ उसै सङ प्रेम होस प्रेम बजारमा किन्न पाइने उपभोग्य बस्तु हैन नाफा घाटामा खरिद बिक्री गरिरहने मान्छेको भाउ बढे सङै । यी सबै कुरा सोचेरै मैले डाराइ डराइ तिमीलाइ मन पराउछु भनेर msg पठाए । कति दिन देखि सहास जुटाएर पठाए ओहो । अझ तिमीले के पो प्रतिक्रिया दिन्छौ भनेर कम्ती डर लागेन त्यो 2/4 दिन त अहिले सम्झिदा समेत ओहो है कस्तो अझै पनि डर नै लागेर आउँछ प्रेममा डर पनि हुदो रहेछ मैले त्यति खेरै थाह पाएको। 4/5 महिनाको अनवरत मिहेनत पछि तिमी पनि कुरा बुझ्यौ त्यही एक पल केवल एक पल अहिले सम्झदा अझै पनि मेरो धड्कन बढ्छ तिमीले I Love You too भनेर मोबाइमा text गर्दाको क्षेण । मेरो छेउमै दिदी हुदा हुँदै पनि प्रवाह नै नगरी म चिच्याएछु पनि खुसीका कारण मेरा आँखा रसाए । यसरी सुरु भएको हाम्रो मायाको यात्रा ।
तर अचेल म सोच्छु माया त माया गर्छु भनेर झल्किने हैन यो त व्यावहारमा देखाउने कुरा पो हो I love you भन्ने शब्द मात्रै कहाँ काफी छ्न र प्रेमको आभास दिलाउने । आज सोच्छु मैले तिम्रो त्यति care गर्न सकिन साथिहरुले जिस्काउछ्न भन्दै त कहिले आफू बोल्नै नसकेर आज त्यो कुराले समेत पछुतो लागिरह्न्छ मनमा ।